काठमाडौँ । हाइड्रो ईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले आजदेखि संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको छ।
उक्त कम्पनीले संस्थापक शेयर धनी समूह ‘क’ उपसमूह क–२ को ‘अन्य संस्थापक’ अन्तर्गत अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री नभएको एक करोड ७८ लाख ४० हजार १४० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यस शेयरमा आउँदो वैशाख ९ गतेसम्म आवेदन खुल्ला रहनेछ। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढीको लागि अधिकतम सम्पूर्ण शेयर सङ्ख्याको लागि आवेदन दिन सकिनेछ।
खरिदकर्ताले आवश्यक कागजातसहित बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल वा ग्लोबल आइएमई बैंकको विभिन्न जिल्लामा रहेको शाखा कार्यालयमा आवेदन पेस गर्न सकिने छ ।
प्रतिक्रिया