काठमाडौँ – सरकारका मन्त्रीहरुले नै मन्त्रालयहरु भ्रष्टाचारका अखाडा भएको बताउन थालेका छन् । प्रधानमन्त्री प्रचण्ड भने आफ्नो सरकारले सुशासनको नेतृत्व गरेको बताउने गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार मन्त्रालय भ्रष्टाचारको अखाडा रहेको बताएकी छिन् । प्रेस सेन्टरको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै सञ्चार मन्त्री रेखा शर्माले आफ्नै मन्त्रालय भ्रष्टाचारको अखाडा भएको बताएकी छिन् । उनले बैठकलाई सम्बोधन गर्दै भनिन्– ुसञ्चार मन्त्रालय आम सञ्चार क्षेत्रको मन्त्रालय हो यसमा धेरै निकाय रहेका छन्, थुप्रै ठाउँमा अनियमितता भएको पाएको छु ।
मन्त्र िशर्माले धेरै माथि मुद्दा चलाइएको भन्दै सञ्चार मन्त्रालय सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढेको बताइन् ।उनले सुशासनको लागि आफू लागिपरेको भन्दै आम सञ्चारको क्षेत्रमा थुप्रै नीतिगत काम गरेको बताइन् ।
मन्त्री शर्माले छिट्टै मिडिया काउन्सिल विधेयक संसदबाट पारित हुने पनि बताइन । साथै उनले सामाजिक सञ्जालको नियमन गर्ने नीति बनाउने काम भइरहेको बताउँदै मन्त्री शर्माले आम सञ्चार ऐन कानुन मन्त्रालयमा गएको र त्यहाँबाट मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिइन् ।
प्रतिक्रिया