हेराल्ड कलेजद्दारा ८९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

१ महिना अगाडि

काठमाडौँ - हेराल्ड कलेजले चालू शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ।

एएए छात्रवृत्ति समारोह २०२४ को आयोजना गर्दै शैक्षिक शुल्कमा सत प्रतिशत छात्रवृत्ति प्रदान गरेर प्रोत्साहन गरेको हो। लगभग रु.१.५ करोड पुरस्कार राशिको छात्रवृत्तिका लागि प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा ८९ उत्कृष्ट विद्यार्थीहरू छनोट भएका थिए। विद्यार्थीहरूको सम्मानमा आयोजित समारोहमा हेराल्ड कलेजका सीईओ प्रकाश श्रेष्ठले पुरस्कार प्रदान गरेका हुन्। छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने एउटा अवसर बन्न सफल भएको छ। विद्यार्थीहरूलाई सक्रिय रूपले विभिन्न गतिविधिहरूमा संलग्न गराउँदै शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहनका लागि पुरस्कार वितरण गरिएको कलेजले जनाएको छ।

१ महिना अगाडि

प्रतिक्रिया