मोजाम्बिकमा डुंगा डुब्दा ९६ जनाको मृत्यु

३ हप्ता अगाडि

काठमाडौँ - पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आइतबार राति समुन्द्रमा एउटा डुङ्गा डुब्दा ९६ जनाको मृत्यु भएको छ ।

 मृत्यु हुने अधिकांश बालबालिका भएको बताइएको छ । बीबीसीका अनुसार माछा मार्ने डुङ्गामा १३० जना सवार थिए । यो भनेको डुंगाको क्षमता भन्दा बढी थियो । ५ जनालाई बचाउन सकिए पनि धेरै बेपत्ता रहेको खोजी कार्य जारी भएको बताइएको छ । मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।  नामपुला प्रान्तको मोजाम्बिक टापु नजिकैको समुन्द्रमा डुङ्गा डुबेको हो । डुंगामा सवार सबै मानिस हैजाबाट बच्न बसाई सरेर जाँदै थिए । घटनासँग सम्बन्धित भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी भिडियोहरूमा मानिसहरूको उद्धार भइरहेको र समुद्रको किनारमा धेरै शवहरू देख्न सकिन्छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया