पोखरा महानागरको सब-इन्जिनियर पक्राउ

२ हप्ता अगाडि

काठमाडौं -  घुस रकमसहित पोखरा महानागरपलिकाकी सब-इन्जिनियर र गोदार कन्सल्टेन्सीका प्रतिनिधिलाई नियन्त्रणमा लिएको छ ।

घर सम्पन्न प्रमाणपत्र उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग लिएको डेढ लाख रुपैयाँ रकमसहित अख्तियारले पोखरा महानगरपालिकाको नक्सा शाखामा कार्यरत सब-इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले कुँवरलाई महेन्द्रपुल र सब(इन्जिनियर रोकायालाई मालेपाटनबाट नियन्त्रणमा लिएको हो । पोखरा महानगरपालिका वडा नम्बर- १० मा सम्पन्न घरको नक्सा दिनका लागि आर्थिक लेनदेन भएको अख्तियारको दाबी छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको  अख्तियारको भनाइ छ ।


 

२ हप्ता अगाडि

प्रतिक्रिया