आजको मौसम  : केही स्थानमा हावाहुरीसहित भारी वर्षाको संम्भावना

१ हप्ता अगाडि

काठमाडाैं - आजको केही स्थाननमा हावाहुरीसहित भारी वर्षाको संम्भावना रहेको देखिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम रहेने जनाएको हो ।

आज दिउँसो  देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक- दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी  पहाडी भू(भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया