सरकारले बनाउने नीति तथा कार्यक्रममा ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्नेमा ऊर्जामन्त्रीको जोड

१ हप्ता अगाडि

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले बनाउने नीति तथा कार्यक्रममा ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बुधवार काठमाडौँमा भएको हाइट्रोजन डाइलग कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले नेपालमा ग्रिन अर्थतन्त्र र ग्रिन आर्थिक विकासको चर्चा गर्न ढिला भएको भन्दै अब ग्रिन अर्थतन्त्रका विषयमा बहस छलफल गरी नीतिगत रूपमा अघि बढ्नुको विकल्प नभएको बताए ।

मन्त्री बस्नेतले स्रोत उलब्धताको दृष्टिकोणबाट हेर्दा नेपाल सरकारले स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्न नसकेको उल्लेख गरे ।

उनले विश्व लागि ग्रिन अर्थतन्त्रमा गइसकेको बताए । उनले नेपालसँग भएका पेट्रोलियम पदार्थ लगायत जलस्रोतको प्रयोग भन्दा पनि आयातमा रमाइरहेको बताए । उनले आफूसँग भएका स्रोतको सहि ढङ्गले सदुपयोग गर्नसक्ने देशले आर्थिक समृद्धिको यात्रामा पाइला चाल्न नसक्ने दाबी गरे ।

उनले भने,”पेट्रोलियम पदार्थको आयात गरिरहेका छौं । नेपालसँग भएका स्रोतहरुको प्रयोग भइरहेको छैन । जुन देशले आफूसँग भएका स्रोतको सही ढङ्गले अप्टिमम प्रयोग र सदुपयोग गर्न सक्दैन । त्यो देशमा समृद्धिको यात्रामा प्रभाव पर्छ । नेपाल जलस्रोतको धनी देश भनिरहेका छौं । स्रोत उलब्धताको दृष्टिकोणबाट हेर्दा स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्नको लागि ग्रिन अर्थतन्त्रको कुरा गर्न सान्दर्भिक छ ।” मन्त्री बस्नेतले नेपाल ग्रिन अर्थतन्त्रमा जानको लागि नीतिगत रूपमा नै कार्यक्रमहरू बनाएर जान आवश्यक देखिएको बताए ।

१ हप्ता अगाडि

प्रतिक्रिया