एसइईको परीक्षाफल अनिश्चित, अहिलेसम्म परीक्षण सुरु भएन

२ हप्ता अगाडि

 काठमाडौं – नेपाल राष्ट्रिय शिक्षक संगठन,नेपाल शिक्षक संघ,एकीकृत अखिल नेपाल शिक्षक संगठन र प्रगतिशील शिक्षक संगठनले माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पस्तिका परिक्षणको पारिश्रमिक बढाउनुपर्ने माग राख्दैपारिश्रमिक वृद्धि नहुञ्जेल परीक्षण कार्यमा सहभागी नहुने चेतावनी दिएका छन् ।  
कक्षा १० का विद्यार्थीहरुको माध्यमिक शिक्षा परीक्षा (एसइई) सकिएको दुई साता हुँदैछ । असार महिनाभित्र परीक्षाफल प्रकाशित हुने भनी विद्यार्थी र अभिभावकहरु कुरेर बसेका छन् ।

ती चार संघ संगठन सम्बद्ध शिक्षकका नेताहरुले संयुक्त रुपमा परीक्षा नियन्त्रकलाई बुझाएको ध्यानाकर्षण पत्रमा पारिश्रमिक वृद्धि नहुञ्जेल उत्तरपुस्तिका परीक्षण कार्यमा सहभागी नहुने चेतावनी दिइएको छ ।

२०७२ सालदेखि हालसम्म कपी परीक्षणको पारिश्रमिक वृद्धि नहुनु अन्यायपूर्ण भएको उल्लेख गर्दै उनीहरुले समयानुकूल पारिश्रमिक वृद्धि नहुञ्जेल उत्तरपुस्तिका नजाँच्ने अडान लिएका छन् ।
  
मागपत्रमा ‘परीक्षा सञ्चालनकै क्रममा केन्द्राध्यक्ष, निरीक्षकको भत्तासमेत अत्यन्त न्यून देखिन्छ,’ लेखिएको छ, ‘पटकपटक ध्यानाकर्षण गर्दै आएकोमा हालसम्म न्यायोचित सम्बोधन नभएकाले समयानुकूल पारिश्रमिक वृद्धि नहुन्जेल परीक्षण कार्यमा सहभागी नहुने व्यहोरा अवगत गराउँदै पुनः ध्यानाकर्षण गराउँदछौं ।’
 

२ हप्ता अगाडि

प्रतिक्रिया