उर्लियो शेयर बजार, लगानीकर्तामा खुसीयाली

६ बर्ष अगाडि

सेयर बजार  उकालो लाग्ने क्रमले बिहिबिार पनि निरन्तरता पाएको छ । नयाँ वर्ष २०७५ शुरु भएसँगै बढ्न थालेको सेयर बजार साताको अन्तिम कारोबारको दिन पनि बढेर बन्द भएको छ । 
यसदिन नेप्से परिसुचक  २५।३० अंकले बढेर बन्द भएको हो । १।८६ प्रतिशतले बढेको बजार १३८८।३१ बिन्दुमा पुगेर रोकिएको छ । १६८ कम्पनी सामेल भएको आजको बजारमा १ अर्ब ११ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  बिहिबार ट्रेडिङ समुह ९—२।२०बाहेक सबै समुहमा हरियाली छ । यस दिन सबैभन्दा बढी बिमा समुह ५१।२३ अंकले बढेको छ । जलविद्युत समुह ४४।८७ अंकले बढेको छ भने अन्य समुहमा २९।६६ अंकको बृद्धि भएको छ । यता बैकिङ समुह २४।५१ अंकले बढेको छ । आज सबैभन्दा बढी चिलिमे जलविद्युत कमपनीको ४ करोड २१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ भने दोस्रो बढी कारोबार हुनेमा नेपाल बैंकको ३ करोड ९८ लाख रुपैयाँ भन्दा बढी छ । 
सानिमा माइ हाइड्रोपावरको ३ करोड ५३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया