वित्तीय शिक्षा विस्तार गर्न राष्ट्र बैंकका १३ नीति, कस्तो छ अहिलेकाे विद्यमान अबस्था ?

शनिबार, १९ जेठ २०८१, ०७ : ३३

काठमाडाैंँ- नेपाल राष्ट्र बैंकले  वित्तीय विस्तार गर्न राष्ट्र बैंकका १३ वटा नीति अघि सारेकोछ । पछिल्लो समय वित्तीय सारक्षता बढेको भए पनि प्रर्याप्त नभएको विभिन्न अनुसन्धानहरुले देखाएको छ । 
देशको दूरदराजसम्म बैंक तथा वित्तीय संस्थाको उपस्थितिबाट वित्तीय सेवाको विविधीकरणमार्फत यस्ता सेवालाई व्यापक र सर्वसुलभ बनाउनुका लागि डिजिटल वित्तीय सेवा (प्रविधिमैत्री वित्तीय सेवा) को उपलब्धता, पहुँच र प्रयोगको लागि प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरेर वित्तीय सेवाको समावेशी पहुँचलाई गुणात्मक रूपमा वृद्धि गर्ने उदेश्यले अघि सारेको जनाएको छ ।
वित्तीय साक्षरता, वित्तीय शिक्षा, वित्तीय ग्राहक संरक्षण, डिजिटल प्रविधिमा नवप्रवर्तन, लघु साना तथा मझौला उद्योग÷व्यवसायलाई प्रवर्धन गर्ने,लैङ्गिक तथा वातावरणमैत्री बैङ्किङ प्रवर्धन, दिगो र फराकिलो आर्थिक विकास,वित्तीय पूर्वाधारको विकास, वित्तीय आचरणसम्बन्धी नियामकीय भूमिका, साझेदारी र सहकाय,तथ्याङ्क सङ्कलन, विश्लेषण तथा मूल्याङ्कन,आवधिक सर्वेक्षण र मापन वित्तीय समावेशीकरणका लागि भएका कार्यको लक्ष्यको समीक्षा गर्न पहुँच, उपयोग र गुणस्तरको सम्बन्धमा आवधिक रूपमा सर्वेक्षण गगं सूचकाङ्क गणना गर्ने नीति अघि सारेको छ ।

कस्तो छ विद्यमान अबस्था 
नेपाल राष्ट्र बैंकबाट वि.सं. २०७८ मा गरिएको  प्रतिवेदनअनुसार वि.सं. २०७७ असार महिनासम्म कम्तीमा एक व्यक्ति एक खाताको आधारमा ६७.३ प्रतिशत जनसख्याको बैंक तथा वित्तीय संस्थामा (“क“, “ख“ र “ग“ वर्गमा) खाता रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले वि.सं. २०७६ मा गरेको संक्षिप्त अध्ययन प्रतिवेदनमा नेपालको कुल जनसङ्ख्याको ६०.९ प्रतिशत जनसङ्ख्या औपचारिक वित्तीय सेवामा समावेश भएको देखिएको थियो ।


नेपाल राष्ट्र बैंकले वि.सं. २०७९ मा प्रकाशन गरेको मा नेपालको वित्तीय समावेशीकरणको स्थिति प्रस्तुत गरिएको छ । उक्त सर्वेक्षणमा वयस्क जनसङ्ख्याको वित्तीय सेवाको प्रयोगका सूचकहरूमा सर्वाधिक (८६.६४ प्रतिशत) ले बचत, लगानी वा अवकाश उपकरण, ७३.७८ प्रतिशतले भुक्तानी उपकरण, ४६.३४ प्रतिशतले ऋण उपकरण र ३०,०२ प्रतिशतले मात्र बीमा सेवा प्रयोग गरेको पाइएको छ । सर्वेक्षणमा ४६.३४ प्रतिशत वयस्क जनसङ्ख्याले कर्जा प्रयोग गरेको पाइएको छ भने जम्मा १७.६० प्रतिशतले मात्र बैंक कर्जा उपयोग गरेका छन् र अझै पनि ७१.८३ प्रतिशत जनसङ्ख्या आफ्नो आर्थिक आवश्यकता पूरा गर्न परिवार तथा साथीभाइमा निर्भर रहेको देखिएको छ ।


वि.स. २०८० असार मसान्तसम्म बझाङको साइपालबाहेक सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेसँगै बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल ११ हजार ५ सय ८९ पुगेको छ । त्यसैगरी, सोही अवधिमा डिजिटल वालेट (म्ष्नष्तब िध्बििभत) प्रयोगकर्ता सङ्ख्या १,८९,४१,७९३, मोबाइल बैड्रिड ग्राहक सङ्ख्या २,१३,६३,९८९, इन्टरनेट बैङ्किङ ग्राहक सङ्ख्या १८,५६,१९५, कनेक्ट आईपिएस ( प्रयोगकर्ता सङ्ख्या ११,०८,४३६ रहेका छन्। सोही अवधिमा एटीएम सङ्ख्या ४८५५, मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड १३ लाख ६४ हजार, निक्षेप खाता सङ्ख्या ५ करोड ११ लाख ७८ हजार पुगेको र कर्जा खाता सङ्ख्या १८ लाख ४५ हजार नाघेको देखिन्छ । साथै, डेबिट कार्ड लिनेको सङ्ख्या १ करोड ८ लाख ५६ हजार ३ सय ७५ र क्रेडिट कार्ड लिनेको सङ्ख्या २ लाख ३८ हजार ७ सय ९५ पुगेको छ ।

शनिबार, १९ जेठ २०८१, ०७ : ३३

प्रतिक्रिया