काठमाडौँ - झापाको बिर्तामोड नगरपालिका- ७ स्थित डाँडागाउँमा गए राति हात्तीले चार वटा घरमा क्षति पुर्याएको छ ।
राति आएका चार वटा हात्तीले चार घरमा क्षति पुर्याएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले हात्तीले ती घरमा क्षति पुर्याउँदा तीन लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए । हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काउनाका साथै घरभित्र अन्नपातसमेत नष्ट गरेको उनले बताए।
प्रतिक्रिया