जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

आइतबार, ३० असार २०८१, १७ : ४१

काठमाडौँ -  १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भिमाद नगरपालिका- ८ राङरूङ बस्ने ३० वर्षीय विरेन्द्र परियार रहेका छन् । परियारले ती बालिकालाई सोही नगरपालिका- ८ अर्चलेस्थित मकै बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
 
 

आइतबार, ३० असार २०८१, १७ : ४१

प्रतिक्रिया