नारायणीको किनारमा थप एक जनाको शव फेला

आइतबार, ३० असार २०८१, १७ : ४५

काठमाडौँ - चितवनको भरतपुर नगरपालिका- २६ स्थित सिसावारमा थप एक जनाको शव भेटिएको छ । 

नारायणीको किनारमा पुरुषको शव भेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले  बताए ।शवको पहिचान खुलेको छैन । सशस्त्र प्रहरीको नम्बर–१७ गणबाट खटिएको टोलीले शव फेला पारेर स्थानीय प्रहरीलाई बुझाएको छ । छैटौँ शव सिमलतालबाट बेपत्ता भएको दुई वटा डिलक्स बसको भएको आशङ्का गरिएको छ । 

आइतबार, ३० असार २०८१, १७ : ४५

प्रतिक्रिया