प्रतिनिधि सभा बैठक बस्दै, दलहरूकाे बस्ने आसन फेरिदै

सोमबार, ३१ असार २०८१, ०८ : २४

काठमाडाैं- संघीय संसदको दुवै सदनको बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक अपराह्न ४ बजे र राष्ट्रिय सभाको बैठक सवा ३ बजे बस्ने तय भएको छ।आजको बैठकमा कांग्रेस र एमाले लगायतका दलहरू सत्तापक्ष तथा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र  एकीकृत समाजवादी पार्टी प्रतिपक्षी बेन्चमा बस्नेछन्।   

यसअघि दुवै सदनको बैठक आइतबार बस्ने तय भएको थियो। संघीय संसद सचिवालयले विशेष कारण देखाउँदै प्रतिनिधि सभा बैठक सोमबार दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक बिहान साढे ११ बजेका लागि सारेको थियो।सचिवालयले बैठकको समय पुनः परिवर्तन गरी प्रतिनिधि सभा अपराह्न ४ बजे र राष्ट्रिय सभा सवा ३ बजे बस्ने जानकारी गराएको हो।

 

 

सोमबार, ३१ असार २०८१, ०८ : २४

प्रतिक्रिया