एमालेले लगायो मन्त्रीको  टुग्गो, अर्थमा पौडेल, भौतिकमा पृथ्वी,कसलाई कुन मन्त्रालय?

सोमबार, ३१ असार २०८१, ०८ : ५०

काठमाडाैं- सत्तारुढ दल नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने ८ जना मन्त्रीको टुंगो लगाएको छ । शीर्ष नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।
 विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ भने भौतिक पूर्वधार मन्त्रालय पृथ्वी सुब्बालाई दिने तयारी छ । त्यस्तै,
सचिवहरू योगेश भट्टराई र छविलाल विश्वकर्मा छन् । त्यस्तै कृष्णगोपाल श्रेष्ठ, जुलीकुमारी महतो, विद्या भट्टराई र दामोदर भण्डारी पनि एमालेबाट मन्त्री बन्ने तय भएको छ ।

शपथ ग्रहणको बेलासम्म केही नाम र जिम्मेवारी हेरफेर हुनसक्ने भएकाले सार्वजनिक नगरिएको एमालेले जनाएको छ । एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि, व्यवस्था तथा सहकारी, शिक्षा, विज्ञान तथा प्रविधि र सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय पाएको छ ।

सोमबार, ३१ असार २०८१, ०८ : ५०

प्रतिक्रिया