७ वर्षीया दुई बालिकालाई बलात्कार आरोपमा एक जना पक्राउ

सोमबार, ३१ असार २०८१, १४ : २४

काठमाडौँ - बझाङमा ७ वर्षीया दुई बालिकाहरु बलात्कार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेका छन् । 

प्रहरीका अनुसार सोमबार जिल्लाको जयपृथ्वी नगरपालिका- १० मा बालिकाहरुमाथि बलात्कार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेको प्रहरीले जनाएको छ । बालिकाहरुका आफन्तले जबरजस्ती करणीको जाहेरी दिएपछि कन्चनपुरको भीमदत्त नगरपालिका- ७ का ५१ वर्षीया धनबहादुर रोकायालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

सोमबार, ३१ असार २०८१, १४ : २४

प्रतिक्रिया