नवनियुक्त अर्थमन्त्रीले गरे पदभार ग्रहण

सोमबार, ३१ असार २०८१, १४ : ४०

काठमाडौँ - नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् । 

सोमबार सिंहदरबास्थित अर्थ मन्त्रालयमा पुगेर मन्त्री पौडेलले पदभार ग्रहण गरेका हुन् । मन्त्री पौडेललाई  अर्थसचिव मधुकुमार मरासिनीले माला लगाएर स्वागत गरेका थिए । आजै मन्त्री पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएका थिए ।

सोमबार, ३१ असार २०८१, १४ : ४०

प्रतिक्रिया