त्रिभूवन विमानस्थलबाट सुनसहित भारतीय पक्राउ

सोमबार, ३१ असार २०८१, १६ : ३०

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाएर लैजान लागेको  सुन जस्तो देखिने पहेंलो धातु सहित भारतीय नागरिक ४१ वर्षीय दिपक जयरामदासलाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

एयर अरेबियाको उडानद्वारा सार्जाहाबाट काठमाडौं आएका उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार चेकिङ एरियामा जाँच गर्ने क्रममा ९९ ग्राम ४१ मिलिग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री १ थान, बाला २ थान, मोबाइल ४ थान र ल्यापटप ४ थान सहित पक्राउ गरेको हो ।

सोमबार, ३१ असार २०८१, १६ : ३०

प्रतिक्रिया