सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन

सोमबार, ३१ असार २०८१, १६ : ४१

काठमाडौँ - गृहमन्त्री रमेश लेखकले असार २८ गते शुक्रबार भएको सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । 

सोमबार मन्त्रीमा नियुक्तिपछि पदभार ग्रहण गर्दै मन्त्री लेखकले सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना रहेका छन् ।  कार्यदललाई १० दिन समय दिइएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई त्रिशूली नदीमा खसालेको थियो । दुर्घटनामा बेपत्ता भएका ६५ जनामध्ये सोमबारसम्म १२ जनाको शव फेला परेको छ ।
 

सोमबार, ३१ असार २०८१, १६ : ४१

प्रतिक्रिया