राष्ट्रियसभाबाट आर्थिक विधेयक सर्वसम्मत पारित

सोमबार, ३१ असार २०८१, १८ : ०९

काठमाडौँ - राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक–२०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको छ । 

सोमवार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक– २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो ।सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभा समक्ष पेस गरेका थिए । प्रस्तावमाथि छलफल भई अर्थमन्त्री पौडेलले जवाफ दिएसँगै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्थमन्त्री पौडेलले पारित गर्नका लागि प्रस्तुत गरेको सो प्रस्ताव सर्व सहमतिले पारित गरेको घोषणा गरे ।  

सोमबार, ३१ असार २०८१, १८ : ०९

प्रतिक्रिया