काठमाडाैं- सरकार परिवर्तन भएर बसेको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषदको निर्णय २४ घण्टासम्म गोप्य राख्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको निर्णय परिपक्व हुन २४ घन्टा लाग्छ । २४ घन्टाभित्र निर्णयहरु गोप्य राख्नुपर्ने प्रावधान उल्लंघन भइरहेको रहेछ । तर, अब देखि हामी २४ घन्टापछि मात्रै निर्णय सार्वजनिक सरकारको प्रवक्तामा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
बैठकको भोलिपल्ट मन्त्री गुरुङले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने भएका छन् । सार्वजनिक महत्वका र अत्यावश्यक निर्णय तत्काल जानकारी गराउनुपर्नेमा छलफल गरेर जानकारी गराउने उनले बताए ।
प्रतिक्रिया