काठमाडाैं- गत शुक्रबार सिमलतालबाट लेदोसहितको पहिरोले बगाइ त्रिशूलीमा हराइरहेका ६५ जना यात्रुको नाम जिल्ला प्रशासन कार्यालय चितवनले सर्वाजनिक गरेको छ ।
सार्वजनिक गरिएको संख्याका आधारमा हेर्दा काठमाडौँबाट गौर जान आएको एञ्जल यातायातको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा ४ जना महिला र २३ जना पुरुष रहेका थिए । वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको गणपति डिलक्स बसमा ५ महिलासहित ३८ जना सवार रहेको नाम सार्वजनिक भएको छ । ।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले आज बेलुका सार्वजकि गरेको विवरणमा आफन्तले दाबी गरेका, बसको यात्रु चलानीमा उल्लेख भएका यात्रुका विवरण छन् । सार्वजनिक विवरण अनुसार १० जना भारतीय नागरिक भएको उल्लेख गरिएको छ




प्रतिक्रिया