काभ्रेमा ६२ वर्षीया महिला बलात्कृत

मंगलबार, ०१ साउन २०८१, १२ : १४

काठमाडौँ - काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–९ मा एक जना किशोरबाट महिला बलात्कृत भएकी छन् । 

बलात्कार आरोपमा रामेछापको सुनापति गाउँपालिका–५ घर भएका १८ वर्षीय पासाङ तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए । बलाकृत ६२ वर्षीया महिलालाई प्रहरीले संरक्षण गृहमा राखेको छ ।

मानसिक सन्तुलन गुमाएकी र बोल्न नसक्ने पीडितलाई तामाङले भण्डारीबेशी नजिकै पर्ने मूल सडकसँगैको झाडीमा जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ । असार २९ मा घटनास्थलभन्दा पारि रामेछाप तर्फबाट दुई जनाले देखेर प्रहरीले खबर गरेपछि इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरी नेतृत्वको टिमले पीडितलाई उद्धार गरेको छ ।


 

मंगलबार, ०१ साउन २०८१, १२ : १४

प्रतिक्रिया