१५ वर्षीया बालिकामाथि जबरजस्ती करणी

मंगलबार, ०१ साउन २०८१, १८ : ३६

काठमाडौँ - १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरमा एक जना पक्राउ परेका छन् ।

भक्तपुर चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने सिन्धुली गोलन्जोर गाउँपालिका-५ घर भएका ३८ वर्षीय नवराज श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले ती बालिकालाई कमलबिनायक बसपार्कस्थित शौचालय नजिक शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मंगलबार, ०१ साउन २०८१, १८ : ३६

प्रतिक्रिया