राष्ट्र बैंकलाई अटेर गर्ने पाँच विकास बैंक  ३ वित्त संस्थालाई कारवाहीको ठण्डा

बुधबार, ०२ साउन २०८१, १९ : ५४

काठमाडाैं- नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ ।केन्द्रीय बैंकले पाँच वटा विकास बैंक र तीन वटा वित्त कम्पनीलाई कारबाही गरेको हो  समयमै वित्तीय वित्तीय विवरण सार्वजनिक नगर्ने संस्थाले नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात कायम नगरेका आर्थिक वर्ष २०८०र८१ को चौथो त्रैमास अवधिमा इजाजतपत्रप्राप्त “ख” बर्गका विकास बैंक र “ग” बर्गका वित्त कम्पनी तथा संस्थाका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा कर्णाली विकास बैंक,नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,एक्सल डेभलपमेन्ट बैंक छन् । त्यस्तै वित्त कम्पनीतर्फ वेस्ट फाइनान्स,रिलायन्स फाइनान्स,प्रोग्रेसिभ फाइनान्सलाई केन्द्रीय बैंकले कारबाही गरेको हो ।

जसअन्तरगत केन्द्रीय बैंकले सर्वसाधारणको जानकारीको लागि समयावधिभन्दा ढिला हुने गरी वित्तीय विवरण सार्वजनिक गरेको तथा वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण राष्ट्र बैंक समक्ष ढिलो पेस गरेको,साधारण सभा ढिलो गरेको लगायतका कारण देखाउँदै सचेतसहित जरिवाना गरेको हो ।
 

बुधबार, ०२ साउन २०८१, १९ : ५४

प्रतिक्रिया