जीवन बीमा कम्पनीहरुको व्यापार १० प्रतिशतले वृद्धि

बुधबार, ०२ साउन २०८१, २० : १४

काठमाडाैं- गत आर्थिक वर्ष २०८०-०८१ मा जीवन बीमा कम्पनीहरुको व्यापार १० प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा जीवन बीमा व्यवसाय ९.८० प्रतिशतले बढेको हो । 

गत आवमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । उक्त बीमाशुल्क संकलन अघिल्लो आवको तुलनामा ९.८० प्रतिशत बढि हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । 

गत आवमा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले संकनल गरेको छ । उक्त कम्पनीले ४० अर्ब ८५ करोड रुपैयाँ बीमाशुल्क संकनल गर्दा नेशनल लाइफले १९ अर्ब २० करोड रुपैयाँ संकलन गरेको छ ।  त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १८ अर्ब ९ करोड, हिमालयन लाइफ इन्स्योरेन्सले १६ अर्ब ६० करोड र सूर्यज्योति लाइफ इन्स्योरेन्सले ९ अर्ब ४९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

bima

बुधबार, ०२ साउन २०८१, २० : १४

प्रतिक्रिया