हत्याको अभियोगमा दुई जना पक्राउ

विहीबार, ०३ साउन २०८१, १२ : ०८

काठमाडौँ - सर्लाहीको ईश्वरपुर नगरपालिका-१३ आलेटोल बस्ने ५९ वर्षीया जंगल बहादुर बलको हत्या गरेको अभियोगमा उनकै श्रीमती ६६ वर्षीया रीता बल र छोरी २५ वर्षीया शितल लामालाई प्रहरीले पक्राउ गरेको छ । 

घरायसी विवादको कारण उनीहरूले कुटपिट गर्दा जंगल बहादुर आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए ।  प्रहरी चौकी गौरिशंकर र इलाका प्रहरी कार्यालय केशरंगजबाट खटिएको प्रहरीले दुबै जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ । 
 

विहीबार, ०३ साउन २०८१, १२ : ०८

प्रतिक्रिया