बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

विहीबार, ०३ साउन २०८१, १३ : ३१

काठमाडौँ - ललितपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। 

ललितपुरको महालक्ष्मी नगरपालिका- ४ इमाडोल ट्याम्पोपार्कमा बस्ने खोटाङ केपीलासगढी गाउँपालिका- ५, घर भएका २६ वर्षीय नरबहादुर खत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। उनले ९ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ। 

नरबहादुरले ती बालिकालाई ललाईफकाई सोही महानगरपालिका- २८ हरिसिद्धि चाइनिज टायल कारखानाको कम्पाउन्डको खाली जग्गामा लगी बलात्कार गरेको प्रहरीको दाबी छ । खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


 

विहीबार, ०३ साउन २०८१, १३ : ३१

प्रतिक्रिया