गौरवपूर्ण इतिहास भएपनि अवस्था प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली

विहीबार, ०३ साउन २०८१, १४ : ०७

काठमाडौं - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौरवपूर्ण इतिहास भएपनि देशको सन्तोषजनक अवस्था नरहेको भन्दै त्यो अवस्थालाई बदल्न आवश्यक रहेको बताए ।  

बिहीबार काठमाडौंमा आयोजित ६२ औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताए । उनले भने, ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन देशको अवस्था । देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्वल छ । तर, आज सन्तोष मान्न र खुसी सकिने अवस्था छैन । हामीले यस अवस्थालाई हामीले बदल्नै पर्ने छ ।’

प्रधानमन्त्री ओलीले सरकारले देशमा भएका अप्ठरालाई सहजिलोमा परिणत गर्ने पनि बताए । उनले भने,‘सरकार अप्ठ्यारा खोज्ने होईन् अप्ठरालाई सहजिलोमा परिणत गर्न समाधान खोज्ने तरिकामा छ । त्यसैले तपाईहरु यसमा ढुक्क हुनुभए हुन्छ ।’
 
 

विहीबार, ०३ साउन २०८१, १४ : ०७

प्रतिक्रिया