८ करोड बढीको आइपीओ आउँदै

६ बर्ष अगाडि

काठमाडौं–रैराङ जलबिद्युत कमपनीले आइपिओ  निष्काशन गर्ने भएको छ । कम्पनीले नियामक नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । 
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले  सर्वसाधारण र कर्मचारीका लागि १५ प्रतिशत अर्थात ८ करोड ४० लाख रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्नेछ । 
बोर्डले आज (आइतबार) निष्काशनको अनुमति दिएको हो । यसको बिक्रि प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ । 
यसअघि कम्पनीले गत जेठमा आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीय बासिन्दाका लागि ५ लाख ६० हजार कित्ता आइपिओ जारी गरेर बाँडफाँड गरिसकेको छ । कम्पनीको जारी पुँजी ५६ करोड रुपैयाँ छ । यसमा संस्थापक सेयर धनीको स्वामित्व ७५ प्रतिशत छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया