बैंकिङ कसुरमा संलग्न एक जना  पक्राउ

शुक्रबार, ०४ साउन २०८१, १७ : २८

काठमाडौँ - अर्काको नागरिकता प्रयोग गरेर बैंक खाता खोलेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–६ घर भएका ध्रुवकृष्ण शर्मा छन् । ३४ वर्षीय शर्माले मुक्तिनाथ विकास बैंकको थिमी शाखालाई झुक्काएर अर्काको नागरिकता प्रयोग गरेर खाता खोलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले  बताए । 

आरोपीले धनुषा घर भएका सन्तोषसिंह दनुवारको नागरिकता दुरुपयोग गरेर खाता खोलेका हुन् । अर्काको नागरिकता प्रयोग गरेर आफ्नो फोटो र मोबाइल नम्बर राखेर खाता सञ्चालन गरेका शर्माले चेकबुक दुरुपयोग गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनलाई कानुनी कारवाही गर्न प्रहरी वृत्त थिमीमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।

शुक्रबार, ०४ साउन २०८१, १७ : २८

प्रतिक्रिया