काठमाडौं शहरः जसले वषौंदेखि धानिरहे आन्तरिक र बाह्रय पर्यटन

शनिबार, ०५ साउन २०८१, १३ : ०६

काठमाडौँ - ललितपुरको पाटन काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये सबैभन्दा पूरानो शहर मानिन्छ। यस सहरको स्थापना बरदेवले गराएका हुन् । पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहर हो । 

यस सहरलाई प्राचीन कालमा युपग्राम, यल, मनिङ्ल, ललित पत्तन, ललितापुरी आदि नामले पनि चिनिने गरेको थियो । पाटनले नेपालको प्राचीन इतिहास, धार्मिक समाज, संस्कृति, पर्यटकीय महत्त्व बोकेको छ । पाटन दरबार क्षेत्रको  मुख्य आकर्षणहरू कृष्ण मन्दिर, तलेजु, अन्य विभिन्न मन्दिरहरू, दरबारभित्रको गद्दी र विभिन्न चोकहरू हुन् ।  कृष्ण मन्दिरको निर्माण सिद्धिनरसिंह मल्लले गरेका थिए ।  वि.सं. १६७५ मा पाटनका स्वतन्त्र राजा भएका सिद्धिनरसिंह मल्लले पाटन दरबार क्षेत्रलाई कलाकृतिले सिँगारेका थिए ।  कृष्ण मन्दिरको वरिपरि २१ वटा गजुर राखिएका छन् ।उक्त मन्दिर ढुङ्गाबाट मात्रै बनाइएको शिखर शैलीको बेजोड नमुना मानिन्छ ।

 यस दरबार स्क्वायर ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । कृष्ण मन्दिरको छेउमा राजा योगनरेन्द्र मल्लको सालिक छ । उक्त सालिकको टुप्पोमा निर्मित चरा बनाइएको छ । राजा योगनरेन्द्रले सालिकको टुप्पोमा निर्मित चरा नउडेसम्म आफूलाई जिउँदै छ सोच्नु भनेका थिए भने किबदन्ती रहेको छ  । त्यसैले राजा योगनरेन्द्रलाई आजसम्म पनि जीवित राजाका रूपमा मानिन्छ । श्रीनिवास मल्लले बनाएको नेपाली वास्तुकलाको बेजोड नमुनाका रूपमा रहेको भीमसेनको मन्दिर कृष्ण मन्दिरकै छेउमा छ । मानिसलाई दरबार क्षेत्रका सम्पदाहरूमा कुँदिएका कलाकृतिले  लोभ्याउने गर्छ । पाटन दरबारमा मुख्य तीन चोक केशवनारायणचोक, मूल चोक र सुन्दरी चोक हुन् ।

पाटन दरबार सङ्ग्रहालयमा दिनहुँ मान्छे घुम्न आउने गछन् । यहाँ स्वदेशी र विदेशी पर्यटकको धुइृचो लाग्ने गर्छ । भूकम्पले क्षति पुर्‍याएको सम्पदाहरू कुनै निर्माण भई सकेका छन् भने कुनै पुनर्निर्माण हुदै छन् । 

नेपालमा पर्यटन व्यवसाय लाखाै पैसा भित्र्याउन सकिन्छ । पाटन काठमाडौँ र भक्तपुर जस्ता दरबार सङ्ग्रहालयहरुबाट नेपाल को इतिहासका बारे थाहा पाउन सजिलो हुन्छ । दरबार सङ्ग्रहालयमा रहेका कला कृति मठ मन्दिरका आ -आफ्नो महत्व रहेका छन् । नेपाल कला कृतिहरुले भरिपूर्ण देश हो । विश्वमा नपाईने संरचना नेपालमा रहेका छन् । यी नै संरचनाहरु अवलोकन गर्न विभिन्न देशका मानिस धुम्न आउने गर्द छन् । विदेशी र स्वदशी पर्यटकको लागि खाने बस्ने व्यवस्था राम्रो विस्तार गरेमा र सडकहरु आकर्षक रुपमा बनाएमा पाटन धुम्न आउनेहरु बढ्ने थिए । जसले गर्दा  नेपालको आर्थिक स्थित सुधारमा महत्वपूण भुमिका खेल्छ ।

पाटन दरबार क्षेत्र का काउन्टर इनचाज विपिन बर्जचार्यका अनुसार यस क्षेत्रमा एक वर्षमा ४३ हजार ९ सय जना विधार्थीहरु धुम्न आएका छन् । भने अन्य धुम्न आउने नेपाली को सँख्या १लाख १९ हजार १ सय रहेको छ । सार्क राष्ट्रहरुबाट पाटन धुम्न आउनेको सँख्या ४२ हजार ५ सय जना छ । १ लाख ६ हजार ५सय ५० जना विदेशीहरु यस वर्ष यहाँ धुम्न आएका छन् । 

पाटन दरबार क्षेत्रका मुजियम अफिसर सुरेशमान लाखेका अनुसार यस क्षेत्र २० रोपनी क्षेत्रफलमा रहेको छ । यहाँ पुननिमार्ण को कााम भई रहेको मन्दिर भुकम्पमा भतकिएको थियो, यसको पुननिमार्ण कार्य शुरु भएको दुई वर्ष भयो , पूर्निमार्णको काम धमाधम भैरहेका उनले बताएका छन् । यस क्षेत्रको कमचारी तलब र सम्पूर्ण व्यवस्थापन गुठीबाट हुने गरेको उनले  बताए । उनका अनुसार पाटन दरबार क्षेत्र वरिपरिका जमिन कुनै गुठीको नामका छ भने कुनै मान्छेकै नाममा रहेको छ । 

पाटन धुम्न अनएका नबीन फूयालले भने हिन्दु र बैद्ध धर्मको उत्पती विकास र विस्तारका चरणबारे ज्ञान लिन पाए । पुरानौ कलाकृति जीर्ण बन्दै गएको छ यसको संरक्षण गरे भावी पुस्तालाई पनि यस क्षेत्र र नेपाली इतिहास का कुरा थाहा हुने उनले बताए ।  यहाँ आएर धुम्दा बस्दा समय गएको पत्तै नहुने  रमिता नेपालले बताईन् । मठ मन्दिर र  यहाँ भित्रका सम्पदा कलाकृति जति हेर्दा पनि नअगाउने छन् उनले भनिन् ।

शनिबार, ०५ साउन २०८१, १३ : ०६

प्रतिक्रिया