काठसहित भारतीय नम्बर प्लेटको सवारी नियन्त्रणमा

शनिबार, ०५ साउन २०८१, १४ : २४

काठमाडौँ - रौतहटको गुजरा नगरपालिकास्थित लालबकैया खोलाबाट अवैध सालको काठसहित एउटा भारतीय नम्बर प्लेटको सवारी नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका अनुसार सशस्त्र प्रहरीको एफओबी जंगलसहियाबाट गएको गस्ती टोलीले बिहान पौने एक बजे गुजरा नगरपालिका–४ लालबकैया खोलाको बाटो भएर जाँदै गरेको एचपी ३१ सीओ ७७३ नम्वरको भारतीय टाटा सफारी जिप भित्र जंगलबाट अवैध रुपमा राखिएको २० क्यू फिट सालको गोलिया फेला पारेको थियो ।

प्रहरीले गाडी र काठसमेत नियन्त्रणमा लिएको छ । शसस्त्र प्रहरीको गस्ती टोलीलाई देख्ना साथ काठ तस्कर गाडी छाडेर भागको शसस्त्र प्रहरीका एसपी बिक्रम हुमागाँईले जानकारी दिए । एसपी हुमागाँईका अनुसार बरामद गरेको काठ र जिप कारबाहीको लागि बिहान सवडिभिजन वन कार्यालय जंगलसहियामा जिम्मा लगाइएको छ ।

शनिबार, ०५ साउन २०८१, १४ : २४

प्रतिक्रिया