खैरो हिरोइनसहित ४ जना पक्राउ

शनिबार, ०५ साउन २०८१, १५ : ०३

काठमाडौँ - लागुऔषध खैरो हिरोइनसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौंको बोहोराटार बस्ने २८ वर्षीय विजय बोहोरा, ३७ वर्षीय हरिबहादुर बास्कोटा, बूढानीलकण्ठ बस्ने ३६ वर्षीय अनिल तामाङ र ३९ वर्षीया मुस्कान तामाङ छन् ।

काठमाडौंको चमतीमा खैरो हेरोइनको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार उनीहरूको साथबाट १३ ग्राम खैरो हिरोइन, ८० हजार नेपाली रुपैयाँ र एक थान डिजिटल तराजु बरामद भएको छ ।​

शनिबार, ०५ साउन २०८१, १५ : ०३

प्रतिक्रिया