खोलाले बगाएर एक महिला बेपत्ता

शनिबार, ०५ साउन २०८१, १५ : ४३

काठमाडौँ - कैलालीमा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।

माइतीघरबाट फर्किएकी मोहन्याल गाउँपालिका–४ बस्ने २५ वर्षीया कल्पना बमलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पण्डौनको अनुसार सुपली खोला तर्ने क्रममा उनलाई  ठूलीगाडबाट बेपत्ता पारेको छ। बेपत्ता बमको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए।


 

शनिबार, ०५ साउन २०८१, १५ : ४३

प्रतिक्रिया