कतारमा भारतको यूपीआईमार्फत् भुक्तानी गर्न मिल्ने

शनिबार, ०५ साउन २०८१, १६ : ३७

काठमाडौँ - कतारमा भारतीयहरूले युनाइटेड पेमेन्ट इन्टरफेस ९यूपीआई० मार्फत भुक्तानी गर्न पाउने भएका छन् ।

भारतको राष्ट्रिय भुक्तानी प्राधिकरणले कतार नेशनल बैंक ९क्यूएनबी० सँग भुक्तानी सहकार्यसम्बन्धी सम्झौता गरेसँगै कतारमा बस्ने भारतीयले यस्तो सुविधा उपभोग गर्न पाउने भएका हुन् । भारतीय आर्थिक अनलाइन पोर्टल इकोनोमिक टाइम्सका अनुसार क्यूएनबी मध्यपूर्वकै सबैभन्दा ठूलो वित्तीय संस्था हो । यसबाट भारतीयहरूले यूपीआईमार्फत् क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न पाउने भएका छन् ।

कतारमा ठूलो सङ्ख्यामा भारतीयहरूको बसोबास रहिआएको छ । त्यसबाहेक सन् २०२४ मा खाडी मुलुकहरूमा भारतका झण्डै १ करोड पर्यटकले भ्रमण गर्ने अपेक्षा गरिएको छ । यसबाट कतारमा रहेका तथा कतार भ्रमणमा जाने भारतीयहरूका लागि भुक्तानी प्रक्रिया थप सहज हुने प्राधिकरणले उल्लेख गरेको छ ।

शनिबार, ०५ साउन २०८१, १६ : ३७

प्रतिक्रिया