काठमाडौँ - प्रतिनिधि सभाको आईतबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् ।
संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा २ वा सोभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले पदमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । आईतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक राखिएको छ । बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न प्रधानमन्त्री ओलीले असार २ गते संघीय संसद् सचिवालयलाई पत्राचार गरिसकेका छन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम नियुक्त प्रधानमन्त्रीले धारा ७६ को उपधारा ९४० बमोजिम त्यसरी नियुक्त गरिएको मितिले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गतेको सहमतिका आधारमा एमालेका अध्यक्ष ओलीले नेपालको संविधानको धारा ७६९२० बमोजिम गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रतिक्रिया