लुम्बिनीका मुख्यमन्त्रीले आइतबार विश्वास मत लिने

शनिबार, ०५ साउन २०८१, १७ : ०९

काठमाडौँ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने तयारी गरेका छन् । 

चौथो अधिवेशनको २४ औँ बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावित कार्यसूची सार्वजनिक भएको हो । बैठक भोलि १ बजेलाई बोलाइएको छ। लुम्बिनी प्रदेश सभाले २४ औँ बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले वक्तव्यसहित आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्ताव माथि छलफल भई उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री दिने सम्भावित कार्यसूची रहेको रहेको छ ।


 

शनिबार, ०५ साउन २०८१, १७ : ०९

प्रतिक्रिया