रास्वापा, समाजवादी, राप्रपा र माओवादीले प्रधानमन्त्रीले विश्वासको मत नदिने

आइतबार, ०६ साउन २०८१, १० : ३७

 काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),  राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा माओवादीले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन् । 

 प्रधानमन्त्रीले ओलीले आज १ प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिदै छन् ।उनले साना पार्टीहरुलाई मिलाएर दुई तिहाई पुर्याउने लक्ष्य लिएका छन् ।  तर, राप्रपाले पनि विश्वासको मतनदिने भएपछि ओली सरकारलाई दुई तिहाई पुर्याउने संम्भावना भने झिनो रहेको छ । त्यसका लागि अन्य साना पार्टीहरुलाई मिलाउनुपर्ने रहेको छ । नेकपा एमालेसँग ७७, नेपाली कांग्रेससँग ८७,लोकतान्त्तिक फोरमसँग ७  नेपाल समाजवादी पार्टी ५, नेपाल समाजवादी पार्टी नेपाल ७ जना रहेका छन् ।


 

आइतबार, ०६ साउन २०८१, १० : ३७

प्रतिक्रिया