प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

आइतबार, ०६ साउन २०८१, १३ : ३०

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै छन्।

संविधानको धारा ७६ को उपधारा २ अनुसार ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन्। यस उपधारा अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रधानमन्त्री ओलीलाई नेकपा (एमाले)सँगै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जसपा नेपाल र जनमत पार्टीले विश्वासको मत दिने भएका छन्। त्यस्तै, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी)ले विश्वासको मत नदिने भएका छन्।

आइतबार, ०६ साउन २०८१, १३ : ३०

प्रतिक्रिया