धारिलो हतियार प्रयोगगरी पूर्व भूमि सुधार राज्यमन्त्रीको हत्या

सोमबार, ०७ साउन २०८१, ०८ : ५८

काठमाडाैं-  धारिलो हतियार प्रयोगगरी पूर्व भूमि सुधार राज्यमन्त्रीको हत्या भएको छ । सर्लाहीको चन्द्रपुर गाउँपालिका १ रतनपुरस्थित रामचन्द्र रायको हत्या भएको हो । घरको कोठाभित्र ८० वर्षीय रायको आइतबार राति हत्या भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हत्या भएका खबरपछि प्रहरी पुग्दा मृत्य अबस्थामा फेला परेका थिए । उनको दायाँ टाउकोमा धारिलो हतियार प्रयोगगरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

सोमबार, ०७ साउन २०८१, ०८ : ५८

प्रतिक्रिया