कालिमाटी तरकारी बजार आजः हरियो तरकारीको मूल्य कति पुग्यो ?

सोमबार, ०७ साउन २०८१, ०९ : ४६

काठमाडाैं- कालिमाटी फलफूल तथा तरकारी बजारमा सोमबार लाम्चो भान्टा ९० रुपैयाँमा बिक्री भएको छ । यस्तै गाजर ९६.६७, बन्दा ४५, स्थानीय काउली ८५, ज्यापु स्थानीय काउली ११३.३३, सेतो मुला ३५, तने बोडी १२२, घिउ सिमी १३४, टाटे सिमी १२५, तिते करेला ६४, लौका ४६, परवर ७६, चिचिण्डो ६५, घिरौंला ८८ र झिगुनी ८६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै पाकेको फर्सी ६८.३३, डल्ले फर्सी ८५, भिण्डी ६६, पिडालु १०५, स्कुस ८६, रायो साग १्३३.३३, तोरीको साग ७५, स्वदेशी ठूलो गोलभेडा ६६, लोकल स्वदेशी सानो गोलभेडा १८, टनेल सानो गोलभेडा २७, रातो आलु ७०, मुढे आलु ५१.३३, सेतो आलु ५३.६७, प्याज ८८, कन्ये च्याउ १७६, डल्ले च्याउ ३८०, राजा च्याउ २९०, ब्रोकाउली ११६।६७ र भेडे खुर्सानी ११० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

सोमबार, ०७ साउन २०८१, ०९ : ४६

प्रतिक्रिया