काठमाडौँ- देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका-८ सुखानगर बस्ने बाग्लुङ बरेङ गाउँपालिका-३ घट्टे घर भएका ४० वर्षीय भोज बहादुर खत्री तिलोत्तमा नगरपालिका-४ सिमानगरस्थित बाटो छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
पर्साको वीरगन्ज महानगरपालिका-२७ जसौली बस्ने ३० वर्षीय मंसुद मिया बहुदरमाई नगरपालिका र वीरगन्ज महानगरपालिका-२७ को सीमामा बग्ने तिलावे खोलाको छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
रसुवाको नौकुण्ड गाउँपालिका-३ पाटीखर्क बस्ने २४ वर्षीया मानकुमारी तामाङ सोही नगरपालिका-४ दनसौरास्थित पहिरो गएको स्थानमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । असार ३१ गते घरबाट हिँडेकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । उदयपुरको रौतामाइ गाउँपालिका(८ पावु बस्ने ७२ वर्षीय धमान सिंह पाचे मगर सोही गाउँपालिका-८ स्थित हुल्मा खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
प्रतिक्रिया