काठमाडौँ - लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका संस्थापक अध्यक्ष तथा सञ्चालक श्यामबहादुर पाण्डेको निधन भएको छ ।
उनको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा निधन भएको हो । ६० वर्षभन्दा बढी पर्यटन र होटल उद्योगको विकास र उन्नतिका लागि काम पाण्डेले चार दशकअघि होटल सांग्रिला स्थापना गरेको थिए । पाण्डेको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन दिउँसो २ बजेसम्म उनको घरमा राखिनेछ । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
प्रतिक्रिया