बलात्कार गरेको आरोपमा एक जना पक्राउ

सोमबार, ०७ साउन २०८१, १६ : ३४

काठमाडौँ - तनहुँमा ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमाद नगरपालिका- ६ शान्तनगर माझटारका ३५ वर्षीय पिताम्बर नेपाली छन् ।

उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपालीले ती महिलालाई आफ्नै घरमा लगेर डर-धम्की देखाई शनिबार साँझ करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

सोमबार, ०७ साउन २०८१, १६ : ३४

प्रतिक्रिया