लुम्बिनीमा आचार्य मुख्यमन्त्रीमा नियुक्त

सोमबार, ०७ साउन २०८१, १७ : ४०

काठमाडौँ - लुम्बिनी प्रदेशमा एमाले नेता चेतनारायण आचार्य  मुख्यमन्त्रीमा नियुक्त भएका छन् । 

प्रदेश प्रमुख अमिक शेरचनले  एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा  नियुक्त गरेका हुन् । उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका  प्रवक्ता  धर्मा अर्यालले जारी गरेको  प्रेस विज्ञप्तिमा उल्लेख छ।  यसअघि आचार्यले कांग्रेस एमालेका ५६  जना  प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

सोमबार, ०७ साउन २०८१, १७ : ४०

प्रतिक्रिया