काठमाडौं- भारतको केरला राज्यमा निपाह भाइरसका कारण १४ वर्षीय बालकको मृत्यु भएपछि स्वास्थ्य अधिकारीहरूले अलर्ट जारी गरेका छन् ।
राज्यका स्वास्थ्य मन्त्रीका अनुसार थप ६० जनामा यो रोग भएको उच्च जोखिमको श्रेणीमा रहेको पहिचान गरिएको छ । केरलाको स्वास्थ्य मन्त्री वीणा जर्जले ती बालक पाण्डिक्कड सहरका थिए र उनीसँग सम्पर्कमा आएकाहरूलाई अलग्गै राखेर परीक्षण गरिएको छ।
यस क्षेत्रका मानिसहरूलाई सार्वजनिक क्षेत्रमा मास्क लगाउन र अस्पतालमा मानिसहरूलाई भेट्न नजान जस्ता सावधानी अपनाउन भनिएको छ।
एजेन्सी
प्रतिक्रिया