सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने युवक पक्राउ

मंगलबार, ०८ साउन २०८१, १२ : ४९

काठमाडौँ - नाबालिकालाई सामाजिक सञ्जाल फेसबुकमा साथी बनाई अश्लील फोटो तथा भिडियो पठाएर सोही अनुरूपको क्रियाकलाप गर्न दबाब दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । 

आफूले भनेको नमाने सामाजिक सञ्जालबाट तस्बिर सार्वजनिक गरी दिन्छु भनी  चरित्र हत्या गरेको भन्दै पीडित नाबालिकाकी आमाले साइबर ब्युरोमा निवेदन दिएपछि उनी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका- १ घर भई हाल काठमाडौँ– २८ बागबजार बस्ने जेएच अजवान रहेका छन् ।  निजलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट दिन पाँच  म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक दीपक राज अवस्थीले जानकारी दिए । 
 

मंगलबार, ०८ साउन २०८१, १२ : ४९

प्रतिक्रिया