रौतहटमा एक जनाको शव फेला

मंगलबार, ०८ साउन २०८१, १३ : २०

काठमाडौँ - रौतहटको गरुडा नगरपालिका ५ झाँझखोलामा करिब ५५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

खोलामा तैरिरहेको अवस्थामा स्थानीयले शवलाई देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए । उक्त शवलाई प्रहरीको टोलिले खोलाबाट बाहिर निकालेको छ । मृतकको पहिचान हुन सकेको छैन ।


 

मंगलबार, ०८ साउन २०८१, १३ : २०

प्रतिक्रिया