हत्या आरोपमा  एक जना युवक पक्राउ

मंगलबार, ०८ साउन २०८१, १५ : ५९

काठमाडौँ - हत्यामा संलग्न आरोपमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–९ बाट प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएर गोकर्णेश्वर बस्ने २७ वर्षीय मानवीर तामाङ छन् । सुन्दरीजलमा शिशिर भण्डारीको हत्यामा संलग्न आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए । २०७८ माघ २६ मा सुन्दरीजल स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको खोल्सामा शिशिर मृत भेटिएका हुन् ।

आरोपीलाई अनुसन्धान गरेर मुद्दा चलाउन प्रहरी वृत्त बौद्धमा पठाइएको एसएसपी भट्टराईले बताए । मृतकको घाँटीमा चोट देखिएको थियो । सो घटनापछि फरार मानवीरको साथमा मृतकको मोबाइल भेटिएको छ । 
 

मंगलबार, ०८ साउन २०८१, १५ : ५९

प्रतिक्रिया